यति एयरलाइन्सका भोलि हुने सबै उडान रद्द

आइतबार, ०१ माघ २०७९
यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ । कम्पनीको नाइन एन एएनसी एटीआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भोलि आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार