साँघुरो डाइभर्सनका कारण ट्रक पल्टियो

आइतबार, २९ पुस २०८०
झापा । रतुवा खोलाको डाइभर्सनमा ट्रक पल्टिएको छ । पूर्व पश्चिम राजमार्गको दमक पूर्व रहेको रतुवा खोलाको डाइभर्सनमा ट्रक पल्टिएको हो । ट्रक दमक नगरपालिका क्षेत्रमा निर्माणाधीन रतुवा पुलको डाइभर्सनमा टिप्पर पल्टिएको हो ।
आज दिउँसो रतुवा खोलामा निर्माण भएको साँघुरो डाइभर्सनका कारण निर्माण सामग्री ढुवानी गरिरहेको मधेस प्रदेश ०३००२ ख ०१७२ नम्बरको टिप्पर पल्टिएको हो ।
सो क्षेत्रमा सडक विभागले जोखिमयुक्त डाइभर्सन बनाएको हो । टिप्परले हुलाकी मार्गतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको अवस्थामा पल्टिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार