हाल नेपालमा रहर र बाध्यता दुवै किसिमका परिवारका व्यक्तिहरू बिदेसिने गरेको कार्कीले बताए । गाडी बङ्गला हुने पनि विदेश जाने र रोजीरोटीको लागी पनि बिदेसिने गरेको मुख्यमन्त्री कार्कीको भनाइ छ । तथापि देशको लागी माया गरेर चन्दा दिनु भन्दा हामीलाई एक–एक डलर दिनुस् हामी लगानी लगाईदिन्छौं त्यो पैसाको ब्याजले समाजसेवा गर्नु तर चन्दाको रूपमा हामीलाई मगन्ते नबनाइदिन र चन्दा दिएर नेपाली मगन्ते हो भन्ने प्रमाणित नगरिदिन आग्रह समेत गरे ।
गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल सङ्घ ९एनआरएन०ले कोशी प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी धरान सुनसरीबाट प्रदेशभरि बस सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो ।
"एक घर, एक रक्तदाता" भन्ने मूल नाराका साथ सो घुम्ती बस अब रक्तदाताको घरमै गएर रगत सङ्कलन गर्ने जनाइएको छ । सो बसभित्र दुई वटा बेड छन् । रक्तदाताहरूले आफू भएकै क्षेत्रमा बसलाई बोलाई रक्तदान गर्न सक्नेछन् ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जीविकोपार्जनको लागि वैदेशिक रोजगारमा गएर दुःख गरेर पनि देशलाई माया गरेर देशमा रहेको अभावलाई बुझेर सहयोग गरेकोमा गैरआवासिय नेपाल सङ्घ एनआरएन प्रति आभार प्रकट गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको सभापति उमेश थापा, प्रतिनिधि सभाको पूर्व सांसद मिना सुब्बा, डा.हेमराज शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य राजीव कोइराला लगायत राजनीतिक दलका प्रतिनिधिहरू, धरान उपमहानगरपालिकाको जनप्रतिनिधि र सरकारी गैर सरकारी निकायका प्रमुखहरूको उपस्थिति थियो ।
प्रतिक्रिया