यात्रुवाहक रेल त यात्रुहरूलाई सेवा दिने उद्देश्यले सञ्चालन गरिएको हुन्छ । हाल कुर्थादेखि जयनगरसम्म प्रतियात्रु (जनरल बगी) भाडादर ७० रुपैयाँ छ। यो निकै कम भाडा दर हो । निरञ्जनकुमार झा, महाप्रबन्धक, नेपाल रेल्वे कम्पनी लिमिटेडनेपाल रेल्बेको ९६ वर्षको लामो इतिहास रहे पनि जयनगरमा नेपाली सुरक्षाकर्मीले स्टेसनमा झरेर चेकजाँच गर्न पाउँदैनन्। भारतीय भूमि भएको हुँदा सुरक्षाकर्मीले हतियारसमेत बोक्न पाउँदैनन्। भारतीय कस्टमले नै चेकजाँचको काम गर्दै आएको छ। ‘रेलभित्रको चेकजाँच हामी गर्छौं। जयनगरमा पनि गर्छौं। बाहिर भने हामीले जाँच गर्न मिल्दैन,’ सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र शाह भन्छन्, ‘रेलको सुरक्षाको सम्पूर्ण जिम्मेवारी हाम्रै हो। हामीले नेपाल सरकारको रेल्वे कम्पनीबाट पाएको जिम्मेवारीअनुसार नै काम गरिरहेका छौं।’ मालवाहक रेल सञ्चालन भए रेल र व्यापार दुवैलाई नाफा यात्रुवाहक रेल सेवा सँगै मालवाहक रेल सञ्चालन भयो भने त्यसले रेल्वे कम्पनीलाई फाइदा हुनुका साथै यस क्षेत्रको व्यापार व्यवसायमा पनि उल्लेख्य फाइदा पुग्ने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बताउँछन्। ‘यदि मालवाहक रेल सञ्चालनमा आयो भने भारतसँग सीधा व्यापार सम्बन्ध हुनुको साथै सस्तो मूल्यमा सामान आयात हुन्थ्यो र त्यसबाट महँगीसमेत नियन्त्रणमा आउँथ्यो,’ अध्यक्ष महासेठ भन्छन्, ‘कार्गाे सेवा सञ्चालनमा ल्याउन सके मधेस प्रदेशलगायतका उद्योगी व्यवसायीहरूलाई भारतबाट सीधै कच्चा पदार्थ, कोइला, खाद्यानलगायतका सामानहरू ढुवानीमा धेरै नै कम खर्च पर्न जान्छ। यसका लागि रेल विभागबाट पहल भएको छैन।’ नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीहरूसँग मधेस प्रदेशका पाँच जिल्लाका उद्योगी व्यापारीहरूले गत माघमा सामूहिक छलफल गरी मालवाहक रेल सञ्चालन गर्न सुझाव दिएका थिए। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीका उद्योगी व्यवसायीहरूसँगको छलफलमा नेपाल रेल्वे कम्पनीका पदाधिकारीहरूले मालवाहक रेल चलाउन आफूहरू सकारात्मक रहेको र तत्कालका लागि जनकपुरधाममा कति परिमाणमा मालसामान ल्याउन सकिन्छ भनेर उद्योगी व्यवसायीहरूसँग यकिन गरेर तथ्यांक उपलब्ध गराउन आग्रह गरेका थिए। तर, त्यसपछि यो विषयमा दुवै तर्फबाट कुनै पहल भएन। कार्गाे सेवा सञ्चालनका लागि भारतीय दूतावासले १०-१० वटा बोगीसहितको २ सेट रेल दिन तयार रहे पनि नेपाल सरकारले नै कुनै चासो नदेखाएको व्यापारीहरूको आरोप छ। कार्गो सेवा हाल वीरगन्जमा सञ्चालनमा रहेको छ। बर्दिबाससम्म विस्तारका लागि सर्वे सुरु पहिलो चरणमा जयनगरदेखि कुर्था ३५ किलोमिटर र दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर गरी ५२ किलोमिटरमा रेल सञ्चालन छ। तेस्रो चरणमा भंगहा–बर्दिबास १७ किलोमिटरको खण्डमा रेल सेवा विस्तारका लागि पनि काम सुरु भइसकेको छ। बर्दिबास खण्डमा जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको र मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको रेल्वे कम्पनी लिमिटेडका साइट इन्जिनियर विनोद ओझाले जानकारी दिए। ‘भारतीय पक्ष र नेपाली पक्षबाट अहिले सो खण्डमा संयुक्त सर्वेको काम भइरहेको छ,’ ओझाले भने, ‘रेलको जग्गा छुट्ट्याउने, पिलर लगाउने जस्ता कामहरू भइरहेका छन्।’ भारतीय पक्षबाट प्राविधिक कामहरू भइरहेको हुँदा काम सुरु भएको तीन वर्षभित्रै यस खण्डमा पनि रेल सेवा सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरिएको छ। तिनै चरणको काम सम्पन्न भएपछि ६९ किलोमिटरमा रेल सेवा सञ्चालन हुने छ।
मालवाहक रेल सञ्चालनमा आयो भने भारतसँग सीधा व्यापार सम्बन्ध हुनुको साथै सस्तो मूल्यमा सामान आयात हुन्थ्यो । महँगीसमेत नियन्त्रण हुन्थ्यो । जितेन्द्र महासेठ, अध्यक्ष, जनकपुर उद्योग वाणिज्य संघसन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–भंगहा बर्दिबास रेल सेवा सञ्चालनको सहमति भएको थियो। नेपाल सरकारले जग्गा उपलब्ध गराउने र निर्माणसम्बन्धी सम्पूर्ण कामहरू (ट्रयाक निर्माण, स्टेसन भवन, हल्ट, पुलपुलेसा, खानेपानी, विद्युत्लगायत) का काम भारत सरकारले गर्ने सहमति भएको थियो। रेलको इतिहास मुलुकमा रेल सञ्चालनको इतिहास निकै पुरानो छ। सन् १९२७ मा रेल सेवा सञ्चालनमा आएको थियो। सन् १९२३ मा भारतीय वन सेवाका जेभी कोलिएरले नेपालको वन पैदावार परिवहनका लागि सर्ट न्यारो गेज रेलवे निर्माण गरेका थिए। कोलिएरलाई राणा प्रधानमन्त्रीले मुलुकको वन विभाग व्यवस्थापन गर्ने जिम्मेवारी दिएका थिए। सन् १९२३ मा कोलकताको मार्टिन्स लाइट रेलवे (मार्टिन एन्ड को) ले उत्तरको सिमाबाट अमलेखगञ्जसम्म रेलमार्ग निर्माण गर्न सर्वेक्षण गरेको थियो। सो निर्माण कार्य सन् १९२६ मार्चबाट सुरु भयो र सन् १९२७ फेब्रुअरी १६ मा नेपाल सरकारले रेलवे सञ्चालनमा आएको थियो। उक्त रेल नेपाल सरकारको रेलवे (एनजिआ) मातहत सञ्चालित थियो। पहिलो रेल रेलवे ७६२ एमएम न्यारो गेज हो। तत्कालीन बेलायती सरकारले भारतको रक्सौल–अमलेखगन्जमा ३९ किलोमिटर रेलमार्ग निर्माण गरेको थियो। बाफ (स्टिम) बाट चल्ने रेल इन्जिनको प्रयोग गरी रेल सञ्चालनमा ल्याइएको थियो। राजमार्ग नबन्दासम्म अमलेखगञ्ज, रक्सौल रेलमार्ग अप्रत्यक्ष रूपमा काठमाडौंलाई भारतसँग जोड्ने एकमात्र बाटो थियो। तर, सन् १९५६ मा तत्कालीन राजा त्रिभुवनले महेन्द्र राजमार्ग निर्माण गरेपछि रेलमै हिँड्नुपर्ने बाध्यता अन्त्य भयो र पुरानो रेलमार्ग इतिहासमै सीमित भयो। पहिलो रेल सञ्चालन भएको ठीक १० वर्षपछि दोस्रो रेल जयनगर–जनकपुर रेल सञ्चालनमा आयो। वि.सं. १९९४ मा सञ्चालनमा आएको सो रेल जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटरमा गुड्थ्यो। तत्कालीन बेलायत सरकारले नेपालबाट जडिबुटी, काठ तथा खनिज पदार्थहरू ओसारपोसार गर्नका लागि रेल सञ्चालनमा ल्याएका थिए। उक्त रेल पनि न्यारो गेजकै थियो। कोइलाबाट सञ्चालन हुने सो रेल २०१८ सालदेखि औपचारिक रुपमा यात्री ओसारपोसार गर्न थालेको थियो। २०५१ सालमा भारत सरकारले १८ डिब्बासहितको चारथान डिजेल पावर इन्जिन सहयोग गरेपछि आधुनिक रेल सेवा सञ्चालन भएको थियो। वि.सं. ०५९ मा आएको बाढीबाट बिगही नदिको पुल बगाएपछि जनकपुरदेखि जयनगरको जम्मा २९ किलोमिटरमा मात्रै रेल सेवा सीमित भयो। पछि बाढीले पुल र रेल्वे ट्र्याक बगाएपछि रेल सेवा पूर्णरूपमा बन्द भयो। रेल्वेलाई व्यवस्थित गर्न ०२१ सालमा नेपाल यातायात संस्थानअन्तर्गत राखिएको थियो। ०२५ सालदेखि यसको नाम जनकपुर–जयनगर रेल्वे राखियो। ०६१ मा यसलाई नेपाल रेल्वेमा परिणत गरियो। नेपालमा रेल सेवालाई विश्वसनिय र भरपर्दा यातयातको साधन बनाउने उद्देश्यले १ असार ०६८ देखि रेल विभागको स्थापना गरी सो अन्तर्गत राखियो। लामो समयको प्रतीक्षापछि सन् २०१० मा भारतसरकारसँग सम्झौता गरी न्यारोगेजमा सीमित रहेको रेल सेवालाई बिस्तार गरी ब्रोडगेजमा परिणत भयो। सन् २०१० मा भएको सम्झौताअनुसार रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि ०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भएको थियो। ०७५ सालमा भारतबाट दुई थान डेमो रेलसेट ८४ करोड ६५ लाखमा नेपाल सरकारले खरिद ग¥यो। डिजेल मल्टी इलेक्ट्रोफायरिङ (डिमो) मोडलको रेल मा ५ वटा डिब्बा छन्। जसमा एउटा मुख्य इन्जिन र अर्को सहायक इन्जिन समावेश छन्। एउटा ट्रेन सेटले १३ सय यात्रु बोक्न सक्ने क्षमता हुन्छ। बन्द भएको आठ वर्ष २ महिनापछि ०७८ चैत १९ गते भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एकसाथ हरियो झन्डा देखाएपछि ब्रोडगेज रेल सुचारु भएको हो। अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमयुक्त रेल खरिद गरि हाल सञ्चालनमा ल्याइएको छ। यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया