इलाम / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इलामले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको गर्न सुरु गरेको छ । ‘न्यानो बाँडौँ’ क्लोथ बैङ्क नै सुरु गरेको कपडा वितरण गर्न सुरु गरिएको हो ।
पहिलो चरणमा इलाम नगरपालिका–६, घोषमा रहेका २६ परिवारलाई कपडा वितरण गरिएको अनेरास्ववियु जिल्ला कमिटी इलामका अध्यक्ष सचिनजंघ रायमाझीले जानकारी दिए ।
यहाँबाट सुरु भएको अभियान जिल्ला भरी नै सञ्चालन गरिने छ । विभिन्न परिवारलाई केही राहत पुर्याउने उद्देश्यले न्यानो पकडा वितरण गर्न सुरु गरिएको जनाइएको छ ।
ज्येष्ठ नागरिक एवम् विद्यार्थीलाई केन्द्रित गरी कार्यक्रम ल्याइएको हो । सहयोगी मनहरूबाट सहयोग जुटाउँदै सहयोग गर्दै आइएको बताइएको छ ।
प्रतिक्रिया