याे काम गरेपछि जनताकाे भाेट आउँछ भनेर काेही नआउनु हाेला तर याे गरेपछि जनताले सुबिधा पाउँछ भनेर मात्रै आउन मुख्यमन्त्री कार्कीले बताएका छन् ।
´अब प्रदेशमा कसैलाई विभेद नहुने गरि काम प्रदेश सरकारले गर्छ,` उनले भने, ´खानेपानीमा विभेद नगर्न र सबै जनताकाे घरमा पुर्याउन निर्देशन दिएकाे छु र जीवन बचाउने खानेपानीमा धेरै नाफा कमाउनु हुँदैन र उपभाेक्ताकाे पैसा लिएर विदेश घुम्न जाने हाेइन, जनताकाे मन जित्ने गरी काम गराैं ।`
विद्युतीय चुल्हाे र गाडी चार्जिङ स्टेसन बनाएर गाडी खरिदमा पैसा बाहिर पठाउने अवस्थाकाे अन्त्यका लागि प्रदेश सरकारले काम अघि बढाएकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् ।
´इन्डक्शन चुल्हाे सँगै विद्युतीय सामग्री समेत काेशी प्रदेशमा नै उत्पादन गर्न मानवीय विकासमा लागाैं,` उनले भने, ´ग्रिन इनर्जीमा हामी आत्मनिर्भर भइसकेकाे अवस्थामा राष्ट्रकाे कूल आमदानीकाे २० प्रतिशत इन्धनमा खरिद गर्नुपर्ने बाध्यताकाे अन्त्य गरेर व्यापार घाटा घटाउनुकाे विकल्प छैन ।
`मुलुककाे आर्थिक अवस्था धारासायी भएकाे भ्रम छर्नेले यसै वर्ष ३ लाख विद्युतीय सवारी बिक्रि भएकाे किन हेर्न नसकेकाे भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका हुन्। त्यसैले प्राप्त साधनकाे सही सदुपयाेग गर्नुपर्ने उनकाे भनाइ थियाे ।
खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले उक्त तीन वटै ठाउमा १ कराेड १४ लाखकाे लागतमा चार्जिङ स्टेशन निर्माण गरेर सञ्चालन गरेकाे छ ।
प्रतिक्रिया