झापाको अर्जुनधारामा महिलाको बिभत्स हत्या

सोमबार, ०८ माघ २०८०
झापा । झापाको अर्जुनधारा नगरपाालिकामा एक जना महिलाको हत्या भएको छ । टाउकोमा ढुङ्गाले हिर्काएर महिलाको हत्या भएको अबस्थामा शव फेला गरेको हो । अर्जुनधारा –६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै ५० वर्षीय माया मगरेको आज विहान शव फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटना शंकास्पद भएकाले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीको भनाई छ । बिर्तामोड ५ बस्दै आएकी मगरको शव आज बिहान ब्याडमिन्टन खेल्न आउनेहरुले देखेर प्रहरीलाई खबर गरेका थिए । उतानो अबस्थामा रहेको महिलाको टाउकोमा चोट देखिएको छ प्रहरी नायव उपरीक्षक कार्कीले भने – मृतकको माईतीको ठेगाना इलामको माई नगरपालिका–१ रहेको र अस्थायी रुपमा उनी आफन्तसंग बिर्तामोड बस्दै आएको खुलेको छ । मृतकका श्रीमान रामबहादुर मगर भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनी हालसम्म सम्पर्कमा आएका छैनन् । राम वहादुर मृतक मगरका तेस्रो श्रीमान् भएको बताइएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार