श्रीमती हत्याको आरोपमा धनबहादुर पक्राउ

सोमबार, ०८ माघ २०८०
झापा । श्रीमतीको हत्या गरेको आराोपमा प्रहरीले झाापाको कमल गाउँपालिकाबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका ५ गेउरिया निवासी ५५ वर्षीय धनबहादुर विक रहेका छन् । आइतवार दिँउसो ४ बजेको समयमा धनबहादुरकी श्रीमती ४९ वर्षीया अम्बिका विक आफ्नै घरको कोठाभित्र मृत अवस्थामा भेटिएकी थिइन् । स्थानीय तथा मृतकका आफन्तले कालगतिले नै उनको मृत्यु भएको भनिएकोमा आज बिहान १०ः४५ बजे स्थानीयहरुले घटना शंकास्पद रहेकोले घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरिदिन भनेपछि प्रहरीले आज दिउँसो मृतकका श्रीमान धनबहादुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । यता आज मात्रै झापाको अर्जुनधारामा एक महिलाको विभत्स हत्या भएको छ । हत्यामा सम्लग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार