उत्पादित च्याउ बजारसम्म लैजाने गर्नुभएका काफ्ले दाजुभाइ बिचौलियामार्फत गरिने व्यवसायले घाटा हुने गरेको बताउँछन् । बिचौलियाले राखेको च्याउ तीन दिनसम्म नकिक्दा उत्पादन गर्ने किसान नै बदनाम हुने गरेको विगतका घटनाले देखाएको र बिचौलियाले आफूखुसी मूल्य तोक्दा यसको खास मूल्यमासमेत अन्योल देखापर्न सक्छ ।
आफैँले उपभोक्तसमक्ष पुर्याउदा ताजा उपभोग गर्न पाइने र स्वादमासमेत फरकपर्ने गरेको छ । ताजा च्याउको स्वाद मिठो हुने तर ओइलाएको च्याउको स्वादमा फरक पर्ने भएकाले आफैँले बिक्री गर्नुपरेको घनेन्द्रको भनाइ छ ।
विवाह तथा अन्य चाडवाडका बोलामा यसको माग बढी आउने गरेको र कहिलेकाहीँ बजारको मागभन्दा बढी उत्पादन हुँदा समस्या हुने गरेको छ । सरकारबाट सहयोग मिले अझ धेरै गर्न प्रेरणा मिल्ने उनी बताउँछन् ।
कसरी उत्पादन हन्छ सिताके च्याउ ?
यो च्याउको उत्पादन काठको मुडामा गरिन्छ । दरो र बलियो काठ प्रयोग गर्दा बढी समयसम्म उत्पादन लिन सकिन्छ । बीचमा मुडा फेर्नुपर्दा झन्झट बढ्ने हुन्छ । बढी समयसम्म उत्पादन लिन प्रायःकट्टुसको मुडामा बीउ राख्ने गरिन्छ ।
काठमा प्वाल पारेरभित्र बीउ राखिन्छ । बीउ राखेको चार महिनासम्म सो मुडालाई घाम नलाग्ने ठाउँमा राख्नुपर्दछ । बीउ टुसाएको केही समयपछि उत्पादन लिन सकिन्छ ।
उत्पादन भइसकेपछि मुडालाई भिजाउनुपर्छ । प्रत्येक ५१ दिनमा मुडालाई पानीमा डुबाएर घाम नलाग्ने स्थानमा राख्नुपर्छ । प्रयोग भएको काठको मुडाबाट पाँच वर्षसम्म उत्पादन लिन सकिने काफ्ले दाजुभाइको भनाइ छ ।
प्रयोग गर्ने तरिका
सिताके च्याउलाई तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ । सामान्य होटलदेखि चारतारे होटलसम्म यसको उत्पादन पुग्न थालेको छ । महँगो भएकै कारण कम मात्र बजारमा बिक्री हन्छ ।
यसलाई झोल बनाएरसमेत खान र दालमा मिसाएर पनि खान सकिन्छ । सुकाएको यो च्याउको सुकुटी पनि बिक्री हुँदै आएको छ । सुकुटी चाहेको जुनसकै बेला पनि खान सकिने भएकाले प्रायः विदेशमासमेत निर्यात हुँदै आएको छ । स्वादअनुसार तावामा सेकाएर वा सेकुवा बनाएरसमेत प्रयोग गर्न सकिन्छ ।
तयारी यो च्याउको सुकुटी प्रतिकिलो रु १२ हजार सम्ममा बिक्री हुँदै आएको छ । यसबाट भिटामिन डि पाइने भएकाले बालबालिका तथा वृद्धहरुका लागि अत्यन्तै राम्रो मानिन्छ ।
प्रतिक्रिया