अक्षयकोष स्थापनाका लागि पाँचथर क्याम्पसमा धार्मिक महोत्सव सञ्चालन गरिने

मंगलबार, ०९ माघ २०८०
पाँचथर : सदरमुकाममा सञ्चालित पाँचथर बहुमुखी क्याम्पसमा अक्षयकोष सञ्चालनका लागि धार्मिक अनुष्ठान सञ्चालन गरिने भएको छ । क्याम्पसलाई दिगो सञ्चालन र गुणस्तर वृद्धिमा जोड दिइनका लागि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव सञ्चालन गरिने भएको हो । आउने फाल्गुन–२ गतेदेखि ९ गतेसम्म महायज्ञ सञ्चालन गर्ने तयारी भइरहेको छ । स्नातकोत्तर तहमा विषय थप गर्ने, बीबीएस र बीएसडब्लु कार्यक्रम सञ्चालन गर्ने र प्रदेश र स्थानीय तहको सहयोगमा प्राविधिक विषय पठन पठान गराउने उद्धेस्यले महायज्ञ आयोजना गरिने क्याम्पस प्रमुख खेमनाथ खतिवडाले जानकारी दिए । महायज्ञबाट करिब ५ करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको उनले बताए । महायज्ञमा वरिष्ठ कथा बाचक दीनबन्धु पोखरेल प्रमुख कथा बाचकका रूपमा आउने बताइएको छ । पाँचथरको महत्पूर्ण शैक्षिक प्रतिष्ठान भएकाले क्याम्पसको दिर्गकालिन स्थायित्वका लागि महायज्ञ लगाउन लागिएको सञ्चालक समिति अध्यक्ष दीपक प्रकाश बाँस्कोटाले बताए । यसका लागि उपसमिति निर्माण गरिएको छ । क्याम्पस परिसरमा नै सञ्चालन गरिने सो धार्मिक महोत्सवको तयारी थालिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार