बुटवलका चन्दन दास, विकास लामा र विदेशी खेलाडी मार्टिनले गोल गरे । जनक कोइरालाको प्रहार पाँचथरका गोलकिपर रोशन नेपालले बचाउ गरे भने अनिल महर्जनको प्रहार बाहिरिएको थियो ।
खेलको पाँचौँ मिनेटमा नै पाँचथरका कप्तान रोशन आङदेम्बेले हेडमार्फत पहिलो गोल गरेर अग्रता लिए पनि ३५ औँ मिनेटमा बुटवलका तर्फबाट विदेशी खेलाडी स्टेफेन न्यामले गोल गरी बराबरीमा ल्याए । ३८ औँ मिनेटमा पुनः पाँचथरका सीमान्त थापाले गोल गरी अग्रता दिलाए । पाँचथरले पाएको कर्नरको अवसरलाई सदुपयोग गर्दै थापाले जाली चुमाए ।
पहिलो हाफमा १ गोल अन्तरले पछि परेको बुटवलले दोस्रो हाफमा खेल सुधार गर्दै ५१ औँ मिनेटमा बराबरीमा ल्यायो । पाँचथरका खेलाडीले फल बनाएपछि पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै बुटवलका विदेशी खेलाडी मार्टिनले गोल गरे ।
जितसँगै पाँचथरले अब फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब झापासँगको भेट पक्का गरेको हो ।
खेलको म्यान अफ द म्याच विजेता टिम पाँचथरका कप्तान रोशन आङदेम्बे घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।
भोलि ९बुधबार० पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलाम र न्युरोड टिम (एनआरटी) बिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया