त्यस्तै, युवाहरूलाई लागू औषधको कुलतबाट जोगाउँदै राष्ट्रिय स्तरका खेलाडी उत्पादनका लागि पनि प्रतियोगिता आयोजना गर्न लागिएको ढकालले बताए । उनका अनुसार हिसानले २०६५ सालदेखि विभिन्न खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको छ ।
‘पढाइका साथै खेलकुद पनि विद्यार्थीहरुको एउटा अङ्ग हो । किनभने खेलकुदले विद्यार्थीको शारीरिक तन्दुरुस्ती बढाउँदै उनीहरूको मन मस्तिष्कलाई पनि चलायमान बनाउँछ । यस्ता प्रतियोगिताले निरन्तरता पाउँदा विद्यार्थीले पढाई र खेल दुवै क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पाउँछन्,’ ढकालले भने ।
प्रतियोगितामा हिशानसँग आवद्ध कलेजहरूले मात्रै भाग लिन पाउने छन् । यस पटकदेखि स्पोट्र्स मिटमा छात्रा फुटबल र कवडी खेललाई समेत समावेश गरिएको जानकारी ढकालले दिए । स्पोट्र्स मिटमा फुटबल (छात्र तथा छात्रा), क्रिकेट (छात्र), बास्केटबल (छात्र), कवडी (छात्र) भलिबल (छात्र तथा छात्रा), टेबलटेनिस सिङ्गल र डबल्स (छात्र÷छात्रा) तथा एथलेटिक्सका खेलहरु सञ्चालन गरिने छ ।
प्रतियोगितामा विभिन्न खेलमा २९ वटा कलेजहरुका १ हजार २ सय बढी विद्यार्थीहरुले सभागिता जनाउने आयोजकको भनाइ छ । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुले ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेल प्रदर्शन गरी विजेता बनेका खेलाडीलाई लेजहरुले आन्तरिक रुपमा छात्रवृत्तिसमेत उपलब्ध गराउने छन्
प्रतिक्रिया