उक्त समय बितिसक्दा पनि सहमति अनुसार बढुवाको अन्तर्वार्ता सुचारु नभए पछि गत दश दिन देखि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्त रूपमा आन्दोलनमा गरिरहेकामा ओपिडी सेवा र विद्यार्थीहरूको पठनपाठन समेत बन्द गरी बढुवाको अन्तर्वार्ता सुचारु गर्न माग गर्दै आन्दोलन गर्दै आएको छन।
बिपी प्रतिष्ठान धरानको कार्यकारिणी समिति (का.स) बैठकमा आन्दोलनरत पक्षको माग सम्बोधन नगरी सिनेटको बैठक बसाउने कुरा गरेकोले आन्दोलनरत चिकित्सक शिक्षक र कर्मचारीहरूले सिनेटको बैठक भन्दा पहिला बढुवाको अन्तर्वार्ता सुचारु गर्न जोड दिँदै बैठक कक्ष बाहिर धर्नामा बसिरहेको छन ।
बैठकमा बढुवाको अन्तर्वार्ता सुचारु गर्न एजेन्डा समावेश नगरे निरन्तर आन्दोलन गर्ने शिक्षक कल्याण समाजको अध्यक्ष कविता ढकालले बताइन । बैठकको मुख्य एजेन्डा चिकित्सक कर्मचारीको पदोन्नतिको विषय हुनुपर्ने उनले बताइन ।
२०७९ पुस २० गते शिक्षक चिकित्सक र कर्मचारीको पदोन्नतिको विषयमा विज्ञापन प्रकाशन भएर आधाको अन्तर्वार्ता भइसके पनि बिचमा प्रा.डा. प्रह्लाद कार्की कामु उपकुलपति भएर आएपछि रोकिएको अध्यक्ष ढकालले बताइन ।
कर्मचारी कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले बैठकमा बढुवाको अन्तर्वार्ता सुचारु गर्न नमान्ने तर सिनेटको बैठक बसाउने कुराले झनै शिक्षक, कर्मचारी तथा चिकित्सकहरूको आन्दोलनले का.मु उपकुलपति साथै सम्बन्धीतहरुलाई फरक नपरेको बताए ।
कामु उपकुलपति प्रा.डा. कार्कीले बैठकमा बढुवाको अन्तर्वार्ता सुचारु गर्न नसके बाटो प्रशस्त गर्नुपर्ने बताए । का.स बैठकमा निष्कर्ष निकाल्न नसके उनले त्यस पदमा बस्न जरुरी नरहेको बताए ।
विपी प्रतिष्ठानमा दैनिक हजारौँको सङ्ख्यामा उपचार हुँदै आएको छ । यो आन्दोलनले बिरामीहरू अलपत्र परेको छ भने विपी प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूको भविष्य समेत अन्योल भएको छ ।
प्रतिक्रिया