स्टडी पार्कको शाखा फिक्कलमा

बुधबार, १० माघ २०८०
फिक्कल : स्टडी पार्क एजुकेसन नेटवर्क बिर्तामोडको शाखा इलामको फिक्कलमा स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउने उद्देश्य सहित सूर्योदय नगरपालिका ८ फिक्कल पेट्रोल पम्प नजिक शाखा सुरु भएको हो । युवाहरूको चाहाना अनुसारको जीवन उपयोगी सिप र तालिम प्रदान गर्ने शाखा प्रमुख राजन प्रधानले जानकारी दिए । नेटवर्कले अन्तर्राष्ट्रिय स्तरमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवश्यक जानकारी, मार्गदर्शन प्रदान गर्ने कम्पनीका अध्यक्ष मदन बुढाथोकीले बताए । उनले मार्गदर्शन र परामर्शले विद्यार्थीहरूलाई सफल बनाएको बताए । नेटवर्कले विशेषज्ञ परामर्श र मार्गदर्शन बाहेक आयल्स र पिटिइको तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ । स्टडी पार्कका निर्देशक सरोज पौडेलले नेटवर्कको परामर्श र तालिम प्राप्त गरेका युवाहरूले यस अघि नै उत्कृष्ट अङ्क प्राप्त गरेर सफलता प्राप्त गरेको दाबी गरे । उनले विदेशमा परामर्श, भिसा कागजात र तयारीका साथसाथै करियर काउन्सिलिङ गर्ने बताए । अझै पनि विदेश लैजाने बहानामा धेरैले ठगी धन्दा चलाइरहेका छन् । ठगबाट बच्नलाई पनि विश्वासिलो परामर्शदाताको आवश्यकता पर्ने जनाइएको छ । शाखाले विद्यार्थीको लागि आवासको समेत प्रबन्ध गर्ने शाखा प्रमुख प्रधानले बताए । शाखाको एक कार्यक्रम बिच उद्घाटन समेत गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार