जन्मदिनको अवसर पारेर विपन्न परिवारलाई सिरक वितरण

बुधबार, १० माघ २०८०
इटहरी - इटहरी २ की महिसा सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर विपन्न परिवारलाई सिरक वितरण गरेकी छन् । बुधबार आफ्नो १६ औँ जन्मोत्सवको अवसर पारेर सापकोटाले इटहरी २ स्थित नवजागृति टोलका विपन्न तथा असहाय परिवारलाई सिरक वितरण गरेकी हुन् । बुबा चिन्तामणी सापकोटा र आमा रमा सापकोटासहित स्थानीय बुद्विजीवीहरूसहितको सहभागितामा सिरक वितरण गरिएको हो ।विपन्न तथा असहाय सात घर परिवारलाई सिरक वितरण गरिएको सापकोटाले बताइन् । उनकाअनुसार जन्मोत्सवको अवसरमा फजुल खर्च गर्नुको सट्टा समाजमा योगदान पुगोस् भन्ने उदेश्यले सिरक वितरण गरिएको हो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार