जनै बनाउन सिकाउँदै इलाम नगरपालिका

विहीबार, ११ माघ २०८०
इलाम / इलाम नगरपालिकाले जनै बनाउने तालिम दिन थालेको छ । बाहिरबाट आयात हुने जनैलाई रोक्नका लागि जनै बनाउन सिकाउन थालेको जनाइएको छ । हिन्दु धर्मावलम्बीहरूले प्रयोग गर्ने जनै स्थानीय स्तरमा नै नै निर्माण गर्न सकिन्छ । तर व्यावसायिक रूपमा इलाममा नै जनै उत्पादन नहुने भएपछि सीप सिकाउन थालिएको बताइएको छ । नगरपालिकाले वडा नं ७ का एकल महिलाहरूलाई जनै बनाउन सिकाउने ज्ञान दिने उद्देश्यले तालिम सुरु भएको छ । बुधवार देखी सुरु भएको तालिम शुक्रवार सम्पन्न हुने जनाइएको छ । पहिला पहिला जिल्लामा प्रशस्तै जनै उत्पादन हुने गरेको भए पनि पछिल्लो समय जनै उत्पादन हुन छोडेको थियो । अब इलाममा नै जनै उत्पादन होस भनेर सो कार्यक्रम ल्याइएको इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू दाहालले बताइन् । उनले सो कार्यक्रममा एकल महिलालाई समावेश गरेको जानकारी दिइन् । तालिममा १५ जना महिलाहरू सहभागी छन् । उनीहरूलाई पुरोहित गङ्गाप्रसाद बरालले जनै निर्माण गर्न सिकाइरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार