मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

विहीबार, ११ माघ २०८०
विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–७ मा दुर्घटना भएको हो । कादुपाडाबाट सिजुवातर्फ जाँदै गरेको प्रदेश १–०१–५० प ८५२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहीबार बिहान ५ः४० बजेतिर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई–७ का अन्दाजी २८ वर्षीय कनैया साहको मृत्यु भएको छ । मोटरसाइकल नालीमा पल्टिएर उनी गम्भीर घाइते भएका थिए । घटनास्थलबाट उद्धार गरेर उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । प्रनि न्यौपानेका अनुसार उपचारकै क्रममा बिहान ६ः५५ बजेतिर साहको मृत्यु भएको हो । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सिजुवाले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार