‘पैसा फिर्ता गर्छु’ भनेर फरार भएका सहकारी अध्यक्ष पक्राउ

आइतबार, १४ माघ २०८०
काठमाडौँ । ओखलढुंगाको ककनी गौरीवन कृषि सहकारी संस्थाका अध्यक्ष विनोद सुनुवार पक्राउ परेका छन् । बचतकतकर्ताको करोडौँ रकम ठगी गरेको आरोपमा प्रहरीले सुनुवारलाई पक्राउ गरेको हो । उनीसँगै प्रहरीले संस्थाका उपाध्यक्ष पदमबहादुर खत्रीलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका दुवैजनालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले ६ दिनको म्याद दिएको छ । बढी ब्याजको प्रलोभनमा पारेर रकम जम्मा गराएको र फिर्ता दिने बेलामा संस्थाका सञ्चालक नै सम्पर्कविहीन भएपछि सहकारीका बचकर्ताहरुले प्रहरीमा संस्थाका अध्यक्ष, उपाध्यक्षसहितका सञ्चालकविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । यसो त प्रहरीका अनुसार उक्त ठगी प्रकरणमा यसअघि नै प्रहरीले बचतकर्ता र सहकारी सञ्चालकबीच एक हप्तामा रकम फिर्ता गर्ने भनी सहमति गराएको थियो । तर, उक्त सहमतिपछि रकम फिर्ता गर्नुको सट्टा सहकारीका अध्यक्ष नै फरार भएपछि पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ । हाल उनीहरुमाथि थप अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार