गोधुली फुटबल रनिङ कप ५ नं. वडा र १४ नं. वडा क्वाटर फाइनलमा

बुधबार, ०४ माघ २०७९
धराना जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप अन्तर्गत आज भएका खेलहरुमा विजयी हुदै धरानको ५ नं. वडा र १४ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा धरानको ३ नं. वडालाई ३–१ गोल अन्तरले पराजित गर्दै ५ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको हो । ५ नं. वडाकालाडी तिलविक्रम लावतीले २ गोल र आङछोहाङ लिम्बूले एक गोल गरे । ३ नं. वडाकोलागी पारस राईले एक गोल गरे । खेलको म्यान अफ द म्याच ५ नं. वडाका तिलविक्रम लावती घोषित भए । उनलाई नगद १५ सय र ट्रफि पुरस्कार प्रदान गरिएको थियो । आज भएको दोस्रो खेलमा धरानको ६ नं. वडालाई २–१ गोल अन्तरले पराजित गर्दै १४ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको छ । १४ नं. वडाकालाी साजन राई र सौगात गुरुङले गोल गरेका थिए भने ६ नं. वडाबाट नितेश परियारले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १४ नं. वडाका विपेन श्रेष्ठ घोषित भए । उनलाई नगद १५ सय र ट्रफि पुरस्कार प्रदान गरिएको थियो । भोली पहिलो खेलमा दिउसो १ बजे ४ नं. वडा र ११ नं. वडा प्रतिष्पर्धा गर्नेछन् भने दोस्रो खेलमा ७ नं. वडा र १७ नं. वडा प्रतिष्पर्धा गर्दैछन् । पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।प्रतियोगिताको आयोजना धरानको गोधुली क्लबले गरेको हो भन प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ । धरानको १७ नं. वडा कार्यालय, धरान–१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुले सहप्रायोजन गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार