मोरङको लेटाङमा आगलागी, डेढ लाखको क्षति

आइतबार, १४ माघ २०८०
विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ मा आगलागी भएको छ । आगलागीबाट डेढ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय चन्द्रबहादुर लिम्बूको गाईगोठमा आइतबार बिहान ९ः३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोलो पकाउने क्रममा गोठमा आगलागी भएको हो । आगोले गोठसहित गोठमा रहेको पराल र काठपात जलेर ध्वस्त भएको प्रहरीको भनाइ छ । आगलागीमा १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । मानवीय र चौपाया क्षति भने भएन । आगो स्थानीय, प्रहरी, नगर प्रहरी र दमकलको सहयोगमा एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार