इलाम माघ : इलाम नगरपालिका सातमा गठन भएका छ वटा टोल विकास संस्थाका पदाधिकारीलाई शपथ खुवाइएको छ । सोमबार एक कार्यक्रम बिच उनीहरूलाई वडाध्यक्ष नरेश श्रेष्ठले शपथ खुवाएका हुन् ।
इलाम नगरपालिका सातमा ६ वटा टोल विकास संस्था गठन भएका छन् । स्थानीय टोल विकास संस्था कार्यविधि अनुसार वडाका सबै टोल गठन पश्चात् पदाधिकारी र सदस्यलाई शपथ खुवाएको जनाइएको छ । माई स्थान, भानु रत्न, फुलगाछी तारा कुटी, चियावारि, शंकरीदेवि र आदर्श टोल विकास संस्था टोल विकास संस्था गठन भएका छन् ।
माई स्थान टोल विकास संस्थामा महानन्द भक्तराज, भानु रत्न टोल विकासमा चन्द्र मणि भट्टराई, फुलगाछी तारा कुटी टोल विकास संथामा खिना बस्नेत, चियावारि टोल विकास संस्थामा विक्रम लिम्बु, शंकरी देवी टोल विकास संस्थामा खेम खतिवडा र आदर्श टोल विकास संस्थामा बालकुमारी देवान अध्यक्ष रहेको जनाइएको छ ।
अध्यक्ष सहित अन्य पदाधिकारी र सदस्यहरूलाई वडाध्यक्ष श्रेष्ठले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
एक सय घर धुरी बराबर एक टोल विकास संस्था गठन गर्नुपर्ने प्रावधान अनुसार गठन भएको संस्थाका पदाधिकारीको अवधि दुई वर्ष रहने गर्दछ । इनपाका वडा नं। ७ बजार क्षेत्र भएको कारण नगर कार्यपालिका मार्फत बजारमा तीन सय घरधुरी बराबर एक टोल विकास संस्था गठन गरिएको वडाध्यक्ष श्रेष्ठको भनाई छ । समितिमा सात जना टोल विकास संस्थाबाट दुई जना वडाबाट र दुई जना नगरपालिकाबाट गरी जम्मा ११ सदस्य टोल विकास गठन गरिएको छ ।
नगरपालिकाका प्रशासकीय अधिकृत बवुल भक्तराजका अनुसार इलाम नगरपालिकाका सबै वडामा टोल विकास संस्था धमाधम गठन भइरहेको बताए ।
प्रतिक्रिया