कुनै दबाब र प्रभावमा परेर काम गर्दिनँ-गृहमन्त्री लामिछाने

विहीबार, ०५ माघ २०७९
गृहमन्त्री रवि लामिछानेले आफू कुनै प्रभाव र दबाबमा नपरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सभामुखको निर्वाचन प्रक्रियामा एमाले सांसद देवराज घिमिरेलाई समर्थन गर्ने क्रममा लामिछानेले सो प्रतिबद्धता जनाएका  हुन् । बैठकमा सभाध्यक्षको ध्यानाकर्षण गराउँदै काँग्रेस सांसद रामहरि खतिवडाले सभामुखको निर्वाचन प्रक्रियामा हत्या आरोपी सांसद आएको र उनलाई पक्राउ गर्न माग गरेपछि लामिछानेले प्रक्रिया अनुसार कदम चाल्ने बताएका थिए । उनले विधि र पद्धति भन्दा गृह मन्त्रालय बाहिर नजाने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार