झापा इनर्जीद्वारा विद्युत उत्पादन शुरु

विहीबार, १८ माघ २०८०
झापा । झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट विद्युत उत्पादन शुरु भएको छ । १० मेगावट विद्युत उत्पादन गर्ने क्षमता रहेको परियोजनाले अहिले ६ मेगावाट विद्युत उत्पादन गरिरहेको बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गारइयो । शिवसताक्षी–४ मा परियोजना सञ्चालनमा आएकाो छ । परियोजनाको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिए । सोलार प्यानलमार्फत उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको छ । यहाँबाट उत्पादित विजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइरहेको भट्टराईको भनाई छ । परियोजनाको उद्घाटन एमाले अध्यक्ष ओलीले २३ माघमा गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो झापाको पहिलो विद्युत उत्पादन गृह हो । परियोजनामा ८० करोड लगानी छ भने २७ विगाहा जमिनमा सोलार प्यानल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको गरिएको छ । आयोजना र प्राधिकरणबीच २०७८ मंसीर १२ मै विद्युत खरिद, बिक्री प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको कम्पनीका प्रवन्ध निर्देशक नारायण प्रसाद पोखरेलले जानकारी दिए । झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको सक्रियतामा चार वर्ष अघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास २०७८ सालमा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए । कम्पनीका अध्यक्ष साँवाले नेपालमा बिद्युत उर्जा उत्पादनको ११४ बर्षमा तीन हजार मेगावाट मात्र उत्पादन भइरहेको भन्दै यो प्लान्टले नेपालको उर्जा क्षेत्रमा एउटा नयाँ आयाम थपेको दावी गरे । नेपाल बिद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परीक्षण प्रसारणको ३५ दिनमा ८ लाख वाट बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जनाए । उनले हाल ६ मेगावाट बिद्युत राष्ट्रिय प्रशारण लाइनमा थप भए पनि मौषम सफा भएको समयमा पूर्ण क्षमतामा उत्पादन हुने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार