बाँसबारी प्रकरणमा पक्राउ परेका चौधरी र थापा अस्पताल भर्ना

विहीबार, १८ माघ २०८०
काठमाडौँ : बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई अस्पताल भर्ना गरिएको छ। थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको समस्या रहेको भन्दै चिरायु अस्पताल भर्ना गरिएको हो। जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उनीहरुलाई बिहीबार दिउँसो सिआइबीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार