माइजोगमाईले बाँड्यो ज्येष्ठ नागरिकलाई कपडा

शुक्रबार, १९ माघ २०८०
इलाम / माइजोगमाई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान सहित जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाको वडा ३ का ज्येष्ठ नागरिकलाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे, उपाध्यक्ष प्रविना राई र वडाध्यक्ष राम घिमिरेलगायतले कपडा वितरण गरेका थिए । वडामा रहेका २० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो । गाउँपालिकाकी उपाध्यक्ष राईका अनुसार ८३ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सम्मानसमेत गरिएको थियो । पालिकाका सबै वडामा रहेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने जनाइएको छ । यो कार्य सोही वडाबाट सुरु गरिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार