छिमेकीको भरुवा बन्दुकको प्रहारले मेघराज घाइते

शुक्रबार, १९ माघ २०८०
पाँचथर / पाँचथरमा छिमेकीको भरुवा बन्दुकको प्रहारबाट एक व्यक्ति घाइते भएका छन् । भरुवा बन्दुकको छर्रा लागेर फिदिम नगरपालिका ११ फलाँटे तिरुवा खालका मेघराज आङ्बो घाइते भएका हुन् । सोही गाउँका भीम भनिने भगेन्द्र घिमिरेले प्रहार गरेको भरुवाको छर्रा लागेर आङ्बो घाइते भएको जनाइएको छ । आङ्बोको पेटमा छर्रा लागेको प्रहरीले छ । घाइते आङ्बोको उपचारका लागि झापा रेफर गरिएको छ । आङ्बोलाई बन्दुक हान्ने घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार