मोरङ- मोरङका भिन्नाभिन्नै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । शनिबार दिउँसो ३ः३० बजेतिर जिल्लाको रंगेली नगरपालिका ३ रञ्जनी स्थितमा रहेको आनन्द इट्टा भट्टाभित्र को १ त ८५७८ नम्बरको ट्याक्टरले माटो ओसारपसार गर्ने क्रममा सोही ठाउँमा काम गर्ने कामदार बिसन्दु मियालाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
भारतको बिहार बंगाल घर भएका ५५ वर्षीय मियाको शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।
ट्याक्टर चालक रंगेली ३ बस्ने २१ वर्षीय विवश मुर्मु तत्काल फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी गत माघ १४ गते लेटाङ २ स्थित भित्री सडकखण्डमा लेटाङबाट बुधबारेतर्फ जाँदै गरेको को २७ प ३७६८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ ३ बस्ने २४ वर्षीय राजन राई रहेका छन् ।
उनको उपचारको क्रममा विराट नर्सिङ होम विराटनगरमा शनिबार ९आज० मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया