भ्याटसहित १५ करोड ८२ लाख ७७ हजारमा प्रवीण– मैनाचुली–शान्ति जेभीले २०७९ जेठ ९ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर, निर्माण सुरु भएको २० महिना बितिसक्दा समेत निर्माण कम्पनीले १५ प्रतिशत मात्रै काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।सडक निर्माणका लागि प्रवीण–मैनाचुली–शान्ति जेभीले काम गर्न सम्झौता गरेको थियो । तर, सो कम्पनीले समयमा भुक्तानी नपाएर सडक निर्माण कार्य अघि बढाउन नसकेको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्ज्वल खतिवडाले बताए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट प्राप्त बजेटले उक्त सडक २०८१ जेठमा निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यसो त सो सडक निर्माण सुरु गरेदेखि नै निर्माण व्यवसायीसँग स्थानीय सन्तुष्ट छैनन् । सुरुका दिनमा प्रवीण– मैनाचुली–शान्ति जेभीले आयोजनास्थलमा सूचना पाटी समेत नराखी सो सडक निर्माण कार्य अघि बढाएको थियो । स्थानीयले यसअघि नै सडक निर्माणको पारदर्शितामा प्रश्न उठाएका थिए । सूचना पाटी निर्माणका लागि छुट्टै बजेट व्यवस्थापन भए पनि निर्माण कम्पनीले सूचना पाटी नराखेकाले आयोजना परिसरमा सबैले देख्ने गरी सूचना पाटी राख्नुपर्ने इन्जिनियर खतिवडाले बताए । बिर्तामोडको टाटा शोरुमबाट सुरु हुने सो सडक कप्तानबारी हुँदै सालबारी झिलसम्म ६ दशमलव १ किलोमिटरको निर्माण हुने भए पनि सम्झौता भएको २० महिना बितिसक्दा २० मिटरको ड्रेन मात्र निर्माण भएको छ । सङ्घर्ष समितिमा आचार्य सडक निर्माणमा ढिलाइ भएसँगै त्यस क्षेत्रका दुई सयभन्दा बढी सर्वसाधारणको उपस्थितिमा शिवकुमार आचार्यको संयोजकत्वमा सङ्घर्ष समिति गठन गर्दै निर्माण कार्यलाई अघि बढाउन दबाब दिने भएको छ । १३ सदस्यीय समितिको उपसंयोजकमा आश्विन काफ्ले, जितबहादुर मगर, सचिवमा दुर्गा विक रहेका छन् । त्यस्तै सदस्यहरूमा रितु श्रेष्ठ, अतुल चुँडाल, सनम राजवंशी, खगेन्द्र आचार्य, रत्नकुमारी तामाङ, सरोज मुखिया, कुमार सिलवाल र प्रभु राजवंशी रहेका छन् । यसैगरी किरण राईको संयोजकत्वमा वार्ता टोली समेत सोही भेलाले गठन गरेको छ । जसको सहसंयोजकमा शिवकुमार आचार्य, उपसंयोजकमा खेमकुमार पौडेल रहेका छन् भने सदस्यमा नरकुमार गुरुङ, वृखबहादुर श्रेष्ठ, कमल आचार्य, अश्वीन काफ्ले भगीया दनुवार, नवीन श्रेष्ठ र हरि कार्की रहेका छन् । सडक सङ्घर्षका लागि भन्दै यूथ फोर्स समेत तयार गरिएको छ । युवा समूह नाम दिएर गठन गरिएको समितिको संयोजकमा रितु श्रेष्ठ रहेका छन् भने समितिको सदस्यहरूमा अतुल चुँडाल, लव श्रेष्ठ, सुजन मिश्र, अमित राई, सुजन चौधरी, गणेश घिमिरे, तीर्थराज मिश्र, सनम राजवंशी, दीपक चापागाईँ, सुमन सेढाई, मुकेश सुवेदी, जीवन पनेरु रहेका छन् । त्यस्तै सदस्यमै बिशाह सेढाई, तिलक रिजाल, रवि श्रेष्ठ, विनोद मगर, गोविन्द भट्टराई, धनकुमार राई, विदुर कार्की, महावीर दनुवार, कृष्ण घतानी, कुमार कार्की, प्रवीण रिजाल, दिलीप साम्पाङ, युवराज श्रेष्ठ र आशिष् राई रहेका छन् ।
प्रतिक्रिया