धरानमा सोनाम ल्होछारको अवसरमा सात दिने सांस्कृतिक महोत्सव

शनिबार, २७ माघ २०८०
निशा राई धरान- २८६० सोनाम ल्होछारको अवसरमा सात दिने सांस्कृतिक महोत्सव धरानमा सुरु भएको छ । नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६० सोनाम ल्होछारको अवसरमा पब्लिक स्कुलको खेल मैदानमा शनिवारदेखि आगामी फागुन ५ गते सम्म चल्ने नेपाल घेदुङ धरान उपमहानगर कार्यसमितिको सचिव ललितबहादुर जिम्वाले बताए । तामाङ जातीको नयाँ वर्षको रूपमा मनाउँदै आएको सोनाम ल्होछारका कार्यक्रमहरू यस अघिका वर्षहरूमा वडा–वडामा गरिएपनि यसवर्ष सांस्कृतिक पर्यटन महोत्सवको रूपमा मनाएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईले राज्यले सबैले जातजातिको धर्म, संस्कार, संस्कृति जोगाउनुपर्ने बताए । संस्कार, संस्कृति बन्न हजारौँ वर्ष लाग्ने भएकाले भइरहेको संस्कृतिलाई जोगाइराख्नु सबैको धर्म रहेको बताए । देशका नागरिकले सबै जातीको धर्म र संस्कारको सम्मान गर्नुपर्ने नगर प्रमुख राईले बताए । संस्कार, संस्कृति पहिचानको नाममा विभिन्न खाले सङ्घर्ष लडाइँ परेको र सहिदहरूले संस्कार संस्कृतिको पहिचानको लागी आहुती दिएको उनको भनाइ छ । शनिवार तामाङ घेदुङ नगर समितिले आफ्नो संस्कार, संस्कृतिसहित पब्लिक स्कुलबाट ¥रयाली निकालेर छाता चोक, सिंहदेवी चोक, पुरानो बजार, देशी लाइन भानु चोक हुँदै पुनः पब्लिक स्कुलको खेल मैदानमा धरानका विभिन्न गुम्बाहरूबाट ¥रयाली निकालिएको थियो । महोत्सवमा सांस्कृतिक सोनाम ल्होछार पिङ, ड्रागन, मिकी माउस, खेल तमासा साथै स्टलहरूमा विभिन्न जातीय परिकारहरूसहित ७० वटा स्टलहरू रहेको तामाङ नगर समितिका सदस्य तथा महोत्सव व्यवस्थापनका संयोजक दीपक घिसिङले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार