कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईका ज्येष्ठ नागरिकलाई बालहठ त्याग्न आग्रह गरेका छन् । सँधै हामी ज्येष्ठ नागरिकलाई सम्मान गर्छौं– नगर प्रमुख पोखरेलले भने– सुरुङ्गा बजारमा सार्वजनिक जग्गा अतिक्रमण गरी ज्येष्ठ नागरिकले बनाएको टहरा हामीले हटाएकै हो तर, त्यस ठाउँमा नगरले विस्तृत गुरु योजना तयार गरी आधुनिक र सुविधासम्पन्न ज्येष्ठ नागरिक बस्न मिल्ने पार्क तयार गर्न लागेका छौं ।
ज्येष्ठ नागरिकसंग पटक–पटक छलफल र सम्वाद भए पनि उहाँहरुले वालहठ देखाएकाले नगरले बल प्रयोग गरेको हो ।
बजारको बीचमा छाप्रो बनाउनुभन्दा पार्केटिङ गर्दै यो क्षेत्रलाई व्यवस्थित बनाउन र ज्येष्ठ नागरिकलाई रमाउने थलोका रुपमा यो ठाउँको विकास गर्न म आफैं लागेको छु– नगर प्रमुख पोखरेलले भने तर यहाँका केही मानिसको उक्साहटमा लागेर ज्येष्ठ नागरिकले बालहठ देखाउनुभयो । यो हामी कसैका लागि राम्रो विषय होइन ।
नगर प्रमुख पोखरेलले त्यस क्षेत्रमा ज्येष्ठ नागरिकका लागि बस्ने ठाउँ, शौचालय, गार्डेन, चिया नास्ता खाने ठाउँ, खानेपानी सहितको आधुनिक र सुविधा सम्पन्न पार्क बनाउन लागेको बताए ।
नगरप्रमुख पोखरेलले कनकाई नगरपालिकाले त्यहाँका वृद्धवृद्धा मात्र होइन सबै नगरका वृद्धवृद्धाका लागि सुविधासम्पन्न ज्येष्ठ नागरिक भवन निर्माण गरिरहेको र सबैलाई सम्मानजनक रुपमा हेरेको बताए । उनले नगरले गर्न लागेको विकासका कामलाई रोक्नुको सट्टा सहयोग पु¥याउन समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया