इलाम / इलाम नगरपालिका १० नम्बर वडा कार्यालयले उत्कृष्ट किसान तथा उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा किसानलाई कृषि सामग्रीसमेत वितरण गरिएको छ ।
वडामा रहेका एक सय २१ जना किसानलाई सामग्री वितरण गरिएको जनाइएको छ । जसमा किसानलाई २४ थान च्यापकटर, एउटा गहुँ पेल्ने थ्रेसर, ३५ सय मिटर पाइप, १९ वटा गोठ सुधार, ४० थान ड्रम, पाँच थान कुटानी–पिसानी मिल र १० थान टनेल गरीएको छ ।
उनीहरुलाई ५० प्रतिशत सहभागीतामा सामग्री वितरण गरिएको जनाइएको छ ।
प्राप्त सामान सदुपयोग हुन सके किसानले उत्पादन बढाउन सक्ने भन्दै वडाध्यक्ष ओमनाथ प्रधानले यस वर्ष सामग्री नपाएका किसानलाई आगामी वर्ष थप सामग्री वितरण गर्ने जानकारी दिए ।
कार्यक्रममा इलाम नगरपालिकाका मेयर केदार थापा, वडा ८ अध्यक्ष दलमान तामाङ्ग, वडा ५ अध्यक्ष काजीबहादुर श्रेष्ठ, जौबारी टोल विकास संस्था संयोजक गोविन्दप्रसाद अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
मेयर थापाले इलाम नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले आफूले सँधै किसानको पक्षमा हितमा काम गर्ने बताए ।
कार्यक्रममा पहिलो कृषि उद्यमीका रूपमा विष्णुप्रसाद गौतम, उत्कृष्ट कृषि आम्दानी ९वार्षिक २० लाख रुपैयाँभन्दा माथि० गर्ने शुकबहादुर राईलाई सम्मान गरिएको थियो । वडाका अवकासप्राप्त कर्मचारी गणेश श्रेष्ठलार्ई बिदाइ समेत गएिको थियो ।
प्रतिक्रिया