आगलागी नियन्त्रणका सामग्री हस्तान्तरण

मंगलबार, ०१ फागुन २०८०
इलाम - वन जङ्गलमा हुने डढेलो वा आगलागी नियन्त्रणका लागि चाहिने विभिन्न उपकरण सहितका सामग्री हस्तान्तरण गरिएको छ ।
जिल्लाको दक्षिणी चुरे वन क्षेत्रमा लक्षित डढेलो नियन्त्रणका लागि ती सामग्री सशस्त्र प्रहरी बल इलाम गुल्म र नेपाली सेनाको रणशार्दुल गणलाई उपलब्ध गराइएको हो ।
डिभिजन वन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सशस्त्र प्रहरी उपरीक्षक द्रोण विष्ट र रणशार्दुल गणका गणपति कर्णेल प्रह्लाद घलेलाई सामग्री हस्तान्तरण गरे । कार्यालयका सूचना अधिकारी गजेन्द्र श्रेष्ठले नेपाल प्रहरीलाई समेत उक्त सामग्री उपलब्ध गराइनै जानकारी दिएका छन् । चुरे उत्थानशील आयोजना मार्फत उपलब्ध भएका सामग्रीहरूमा सीक्कल, खुर्पा, बोस, हाते आरा  (ठुलो, सानो) बन्चरो, साबेल, गैँती, दाँते (रेक) सेप्टी बेल्ट, हेलमेट, हेण्ड ग्लोब, प्राथमिक उपचार सामग्रीको बाकस रहेका छन् । यस्तै उध्याउने ढुङ्गा, डिभार्किङ रड, पावर चेन स, फेस मास्क, वाटर जेट ब्याग, फायर फ्ल्यापर, फायर सुट सेट, टर्च लाइट, फाइट एस्टीङ्गवीसर लगायतका सामग्री रहेका छन् । प्राप्त सामग्री चुलाचुली र माई क्षेत्रमा रहेका सशस्त्र क्याम्पमा राखिने बताइएको छ । फागुन चैत्र वैशाख महिनामा चुरै क्षेत्रमा रहेका घना वन जङ्गलमा आगलागीको समस्या बर्सेनि हुने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार