कोशी प्रदेश: पहिचान पक्षधर सँग ३ बुँदे सहमति

बुधबार, ०९ फागुन २०८०
विराटनगर । कोशी प्रदेशको नामकरण विरुद्ध आन्दोलनरत पहिचान पक्षधर र सरकारी वार्ता टोली बिच ३ बुँदे सहमति भएको छ । कोशी प्रदेश सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण सङ्घर्ष समितिको दोस्रो वार्तामा तीन बुँदे सहमति भएको हो । स्टर्न स्टारमा होटेल विराटनगरमा आज भएको दुई पक्षको वार्ता टोलीले उक्त सहमति भएको हो । उनीहरूबिच प्रदेशको पुनस नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुयाउन आगामी वार्ता सम्ममा पहल गर्ने, सरकारको तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा नम्बर ३ र ४ कार्यान्वयन प्रक्रिया अगाडि बढेको प्रगति विवरण प्रस्तुत भयो । दुवै पक्षबाट सकारात्मक समीक्षा गर्दै फाल्गुन मसान्त भित्र कार्यान्वयन गर्ने र पहिचानको आन्दोलनको क्रममा लागेका मुद्दाहरू फिर्ता लिने सम्बन्धमा विभिन्न अदालतहरूमा विचाराधीन मुद्दाहरूको विवरण र घाइतेहरूको उपचार खर्चको विवरण सङ्कलन गरी पेस गर्न सरकार पक्षबाट २ जना र आन्दोलनरत पक्षबाट २ जना रहने गरी एक कार्यदल गठन गर्ने सहमति भएको हो । यसअघिको वार्तामा दुईपक्षबीच ५ बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार