तस्बिर: अमेरिका जाने बेलामा रोबिङ्गकी श्रीमती डोल्मा र आमा सरणी
छोरा र दुई बुहारी गुमाएको यो परिवार बिस्तारै सम्हालिने प्रयास गर्दै थियो । तर, चार दिनअघिको घटना कानमा पर्ने बित्तिकै रोबिङ्गकी आमा अचेतजस्तै बनिन् । बुबा खड्गबहादुर पनि झस्किए । उनी आफैँ अशक्त छन् । प्यारालाइसिसका बिरामी रहेका खड्गबहादुर स्पष्टसँग बोल्नलाई नै गाह्रो हुन्छ । तर, जेठा छोराको निधन पाएसँगै उनी पनि बेचैन बने ।
रोबिङ्गको पनि इटहरी पश्चिम लाइनमा रहेको खाद्य गोदाम नजिकै दुर्घटनामा मृत्यु भयो । ‘कस्तो दुःखद संयोग भने कान्छा छोरा, माइली बुहारी र जेठा छोराको एकै स्थानमा दुर्घटना भयो,’ छिमेकीहरू भन्दै थिए, ‘तीन जनाको दुई सय मिटर फरकको अन्तरालमा निधन भयो । यो अत्यन्तै दर्दनाक घटना भयो ।’
पारिवारिक स्रोतका अनुसार तीन जनाको सवारी दुर्घटनामा पूर्व–पश्चिम राजमार्गको इटहरी–पचरुखी सडक खण्डमा तर दुई सय मिटरको फरकमै दुर्घटना हुनु र निधन हुनुले स्थानीय बासी नै घटनाबारे आश्चर्यमा छन् ।
साल र महिना फरक भए पनि तीन जनाको मृत्यु क्रमशः ११, १२ र १३ गते भएको छिमेकीहरू बताउँछन् । ‘घनश्यामको ११ गते, अनुको १२ गते र रोबिङ्गको १३ गते मृत्यु भयो । यो त क्रमैसँग मृत्यु आएजस्तो भयो,’ आँखा भरी आँसु पार्दै छिमेकीहरू भन्छन् ।
विभिन्न वर्षहरूमा एकै घरमा भएका यी घटनाले परिवारमा बज्रपात त छ नै, छिमेकीहरू पनि विक्षिप्त छन् ।
खड्गबहादुर र सरणीका माइला छोरा प्रकाश पनि वैदेशिक रोजगारीमा कुवेतमा थिए । अब यो परिवारको सहारा प्रकाश मात्रै बाँकी रहेका छन् । जेठी बुहारी रोबिङ्गकी श्रीमती अमेरिकामा भएका कारण अब प्रकाश मात्रै परिवारको एक्लो सहारा बनेका छन् ।
प्रतिक्रिया