इटहरी - दूधको मूल्य भुक्तानीको माग राख्दै किसानहरूले इटहरीमा विरोध प्रदर्शन गरेका छन् ।
मूल्य भुक्तानीको मागसहित विभिन्न १२ बुँदे माग राख्दै सुनसरीका किसानहरूले इटहरीमा चक्काजाम गर्दे सडकमा प्रदर्शन गरेका हुन् ।
विभिन्न मागहरू लेखिएको प्लेकार्ड बोकेर नारा लगाउँदै इटहरीमा आधा घण्टा सडक जाम समेत गरेका छन् । चक्काजाम पश्चात् आयोजित कोणसभामा बोल्ने किसानहरूले कृषि मन्त्रीको राजीनामा समेत माग गरेका छन् । उनीहरूले कृषि प्रदान देशमा कृषि कर्ममा लाग्नेको पनि बाच्न सक्ने अवस्था नहुनुले राज्य निकम्मा हुँदै गएको टिप्पणी समेत गरेका छन् ।
जिल्ला दुग्ध उत्पादक सङ्घ सुनसरीको आयोजनामा भएको प्रदर्शनमा झन्डै २ सयको हाराहारीमा कृषकहरूको सहभागिता रहेको दुग्ध उत्पादन सहकारी सङ्घ सुनसरीका अध्यक्ष राजेन्द्र धमलाले बताए । उनले आफूहरूले बिक्री गरेको दूधको मूल्य नपाएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका छन् ।
सरकारले गरिब किसानको समस्याप्रति बेवास्ता गर्दै जाँदा किसानहरू पेसाबाटै पलायन हुनुपर्ने अवस्था आएको किसाहरुले बताएका छन् । भुक्तानी माग गर्दा दुग्ध विकास संस्थान र निजी डेरी व्यवसायीहरूले विभिन्न कारण देखाइ दूध खरिद गर्न आनाकानी गर्ने, अघोषित मिल्क होलिडे गर्ने, आफूखुसी मूल्य तोक्ने लगायतका कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको किसानहरूको भनाइ छ।
प्रतिक्रिया