इटहरी । इटहरीमा ३ करोड ५० लाख रुपैयाँ लगानीमा इलेक्ट्रोनिक दाहसंस्कार स्थल बन्ने भएको छ ।
कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको संयुक्त लगानीमा इटहरीको बुढिगङ्गा जमुना मुक्ति घाटमा अत्याधुनिक इलेक्ट्रोनिक दाहसंस्कार स्थल बन्ने भएको हो ।
बिहीबार कोशी प्रदेशका वन,पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी ४ मा रहेको बुढिगङ्गा जमुना मुक्ति घाटमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए ।
सर्वसाधारणको सुविधाको लागि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।
इलेक्ट्रिक शव दाहसंस्कार को प्रयोग गर्दा ४५ देखि ६० मिनेटसम्ममा लास जलिसक्ने बताइएको छ ।
कोशी प्रदेशमै पहिलो पटक निर्माण गर्न लागिएको इलेक्ट्रिक शव दाहसंस्कार स्थलमा प्रदेश सरकारको ७० प्रतिशत र इटहरी उपमहानगरको ३० प्रतिशत लगानी रहने बताइएको छ ।
यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने भनिएको उक्त दाहसंस्कार स्थलको सञ्चालन तथा व्यवस्थापन इटहरी उपमहानगरले नै गर्ने छ ।
प्रतिक्रिया