फागुन २१ गतेको संसदमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

शुक्रबार, १८ फागुन २०८०
काठमाडौँ / सभामुख देवराज घिमिरेले संसदमा विपक्षीहरूले उठाएका विषयमा फागुन २१ गते जवाफ दिन सरकारलाई रुलिङ (निर्देशन) दिएका छन्। यसअघिका बैठकमा दिएको निर्देशन पालना नभएकोे भन्दै विपक्षी दलहरूले आवाज उठाएपछि सभामुख देवराज घिमिरेले मिति नै तोकेर सकारलाई जवाफ दिन भनेका हुन्। विपक्षी एमाले, रास्वपा, राप्रपासहितका दलहरूले बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा तानिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा गराउन माग गर्दै आएका छन्। सभामुखले यसअघि फागुन ६,८ र १४ गते पनि प्रधानमन्त्रीलाई रुलिङ गरेका थिए। तर प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्डले’ जवाफ दिन संसद गएका छैनन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार