इलाममा १४ वर्षीया बालिका माथि सामुहिक बलात्कार : बलात्कार आरोपी ७ जना पक्राउ 

शनिबार, १९ फागुन २०८०
इलाम / १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलामबाट सातजना पक्राउ परेका छन् । वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा इलामबाट नगरपालिका ९ बाट बालकहरू सहित ७ जना पक्राउ परेका हुन । महिनावारी हुदा बढी रक्तस्राव भएपछि अस्पताल गएकी बालीकालाई डाक्टरले सोधपुछ गर्दा आफू बलात्कृत भएको बत्ताएकी थिइन् । घटना थाह पाएपछि डाक्टरले प्रहरीलाई खबरका थिए । प्रहरीले बालिकाकी आमालाई खबर गरेको र आमाले जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन् । बालिकाकी आमा बुवा दैनिक ज्याला मजदुरी गर्ने गरेका छन् । बालिकाले गत मङ्सिर देखिनै विभिन्न मितिमा विभिन्न व्यक्तिहरूले बलात्कार गरेको भनेर प्रहरीलाई बताएकी छिन् । आफू गत मङ्सिर देखी विभिन्न व्यक्तिहरूबाट पटक पटक बलात्कृत हुँदै आएको बालीकाले बताएको जिल्ला प्रहरी कार्यालय इलामका इन्स्पेक्टर राजेन्द्र पौडेलले बताए । ‘विभिन्न प्रलोभनमा पारेर बलात्कार गर्दै कहिलेकाहीँ पैसा समेत दिने गरेको बालिकाले बताएकी छिन्’ इन्स्पेक्टर पौडेलले बताए । बलात्कार आरोपमा पक्राउ पर्नेहरूमा १८ देखि ६० वर्ष सम्मका रहेको समेत उनले बताए । पक्राउ परेकाहरू विरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार