सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे माओवादीका मन्त्रीलाई बर्खास्त

मंगलबार, २२ फागुन २०८०
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् । सत्ता गठबन्धनमा फेरबदर आएसँगै प्रदेश सरकारहरु धमाधम परिवर्तन हुँदैछन् । आजमात्रै गण्डकीबाट पनि माओवादीका २ मन्त्री बर्खास्त भएका थिए भने कर्णालीमा कांग्रेस सरकारबाट बाहिरिएको थियो । कर्णाली सरकारमा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् । सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीले समर्थन कायम राखे मुख्यमन्त्रीलाई बहुमुत पुग्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार