गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुमार पन्तले दलहरूले सत्ताका लागि गरेको खिचातानीले जनताको अपमान भएको आरोप लगाएका छन्। ‘वाम एकता तोड्नु, कम्युनिस्ट पार्टी फोड्नु, कम्युनिस्ट सरकार ढाल्नु, कांग्रेससँग गठबन्धन गर्नु, चुनावमा कांग्रेससँग मिलेर सरकार एमालेसँग बनाउनु अनि फेरि त्यो सरकार ढाल्नु र कांग्रेसतिरै फर्किनु, अहिले फेरि कांग्रेस फालेर एमालेलाई सरकारमा ल्याउनु, यी सबै कार्यले जनमतको चरम अपमान गरेका छन्,’ पन्तले सामाजिक सञ्जालमा लेखेका छन्।२०७९ पुस १० गते तेस्रो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका दाहालले संवैधानिक व्यवस्थाअनुसार २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए। बहुमतका लागि १३८ सांसदको समर्थन भए पुग्ने दाहालले २६८ मत पाए। विपक्षमा दुई मत मात्र परेको थियो। त्यसको एक महिनाका हाराहारीमा दाहाल फेरि कांग्रेससहितका दलको गठबन्धनमा फर्किए। उनले पुस १० को सहमति तोडेपछि एमालेसहितका दलले समर्थन फिर्तासहित सरकारबाट बाहिरिए। त्यसपछि चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका दाहालको पक्षमा १७२ र विपक्षमा ८९ मत पर्यो। दाहालले सोमबार कांग्रेसहित दलका मन्त्रीलाई सरकारबाट हटाएर एमालेसहितसँग नयाँ गठबन्धन गरेका छन्। विपक्षमा बस्ने कांग्रेस निर्णयसँगै दाहालले अबको एक महिनाभित्र फेरि प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ। आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया