चितवन / बन्द भएको चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ। प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो।
किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले लैजाने गरी उद्योग सञ्चालनमा ल्याइएको हो।
उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार अब पुन उद्योग सञ्चालनमा आएको छ ।
उद्योग सञ्चालन गर्न ४० हजार लिटर दूध आवश्यक पर्दछ।
उद्योगले दूध प्रशोधन गरेर उत्पादन हुने धुलो दूध र बटर लैजान भनेको छ।
प्रशोधन गरेबापत उद्योगले शुल्क लिने गर्दछ।
यसअघि नै डेरी एशोएिएसन, सहकारी, निजी डेरी, फार्महरूलाई उद्योगले पत्र पठाएर उद्योग सञ्चालन हुने जानकारी गराएको थियो।
विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग विसं २०७२ को विनाशकारी भूकम्पपछि बन्द भएको थियो।
विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ।
प्रतिलिटर पाउडर दूधको एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ।
प्रतिक्रिया