तीव्र गतिमा रहेको विराटनगरको मेरिल्यान्ड कलेज बसले ठक्कर दिँदा वृद्धको मृत्यु

बुधबार, ३० फागुन २०८०
विराटनगर । मोरङको रंगेलीमा कलेज बसले ठक्कर दिँदा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । रंगेलीमा नगरपालिका ७ स्थित बसपार्कमा मङ्गलवार भएको सवारी दुर्घटनामा घाइते वृद्धको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको हो । तीव्र गतिमा रहेको विराटनगर स्थित मेरिल्यान्ड कलेजको को १ क १५२९ बसले रंगेली बसपार्कमा साइकल यात्री रङ्गेली नगरपालिका ३ रन्जनी घर भएका ७२ वर्षका वृद्ध अर्जुन देवलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर अर्जुनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा बुधवार बिहान ४ बजे मृत्यु भएको हो । दुर्घटनापछि स्कुलको बस र चालक रतुवामाई नगरपालिका ५ सिजुवा बस्ने वर्ष ४५ का सूर्यबहादुर ताजपुरियालाई रङ्गेली प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार