बुढासुब्बा गोल्डकपः पहिलो सेमिफाइनलमा आयोजक र एन्फा मोरङ भिड्दै

बुधबार, ३० फागुन २०८०
धरान । सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक धरान फुटबल क्लब पाहुना टोली युकेएफसी भारतलाई हराउँदै सेमिफाइनल पुगेको हो । यसैगरी मोरङले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यसअघि हिजो भएको खेलमा बिजयी बन्दै काँकडभिट्टा ट्रेनिङ सेन्टर प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । उसले झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइज प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । काँकडभिट्टाले दोस्रो सेमिफाइनलमा न्युरोड टिम (एनआरटी) सँग भोलि बिहीबार प्रतिस्पर्धा गर्नेछ । एनआरटी त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल चैत ३ गते हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार