उदयपुरकाे मैनामैनीमा बाेलेराे गाडी भीरबाट खस्याे, ठूलाे हताहतीकाे आशंका

विहीबार, ०१ चैत्र २०८०
विराटनगर । धरानबाट भोजपुरको घोरेटार जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँदै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो । प्रहरीका अनुसार निक्कै अग्लाे भीरबाट गाडी खसेका कारण ठूलाे हताहतीकाे आशंका गरिएकाे छ । घटनास्थलमा महिला र बच्चाको शव फेला परेकाे छ । मृतकहरुकाे पहिचान खुल्न बाँकी छ। मृतककाे संख्या बढ्न सक्ने प्रहरीकाे भनाइ छ । काेशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलबाट प्रहरीले उद्दार गरेर ७ जनालाई उपचारका लागि धरानतर्फ पठाएकाे छ । भाेजपुरकाे हसनपुर प्रहरी चौकीकाे टाेली घटनास्थल पुगिसकेकाे उनले बताए । उनका अनुसार भीरबाट निक्कै तल खसेका कारण गाडी भएकाे ठाउँसम्म प्रहरी पुगिसकेकाे छैन । गाडी नम्बर पनि खुलेकाे छैन । घटनामा ठूलो हताहती भएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । डीआईजी खापुङले उद्दारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । दुर्घटनाको कारण खुल्न बाँकी छ । घटनाकाे थप विवरण प्राप्त हुन सकिरहेकाे छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार