अपडेट :उदयपुरकाे मैनामैनी दुर्घटनामा मृतककाे संख्या ६ पुग्याे

विहीबार, ०१ चैत्र २०८०
विराटनगर । धरानबाट भोजपुरको घोरेटार जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँदै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेकाे संख्या ६ पुगेकाे छ । उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाकाे छ । मृतककाे पहिचान खुल्न बाँकी छ । मृतकमध्ये ३ जना महिला, २ जना पुरुष र १ जना बालक रहेकाे काेशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट ६ जना घाइतेलाई उद्दार गरेर उपचारका लागि धरानतर्फ पठाइएकाे छ । निक्कै अग्लाे भीरबाट गाडी खसेकाे प्रहरीले जनाएकाे छ । यसअघि घटनास्थलमा महिला र बच्चाको शव मात्रै फेला परेकाे थियाे । मृतककाे संख्या अझै बढ्न सक्ने प्रहरीकाे भनाइ छ । डीआईजी खापुङका अनुसार घटनास्थलमा पुगेर प्रहरीले उद्दार गरिरहेकाे छ । भाेजपुरकाे हसनपुर प्रहरी चौकीबाट असइ र हवल्दारसहितकाे टाेली घटनास्थल पुगिसकेकाे उनले बताए । उनका अनुसार भीरबाट निक्कै तल खसेका कारण गाडी भएकाे ठाउँसम्म प्रहरी पुगिसकेकाे छैन । गाडी नम्बर पनि खुलेकाे छैन । डीआईजी खापुङले उद्दारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । दुर्घटनाको कारण खुल्न बाँकी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार