उदयपुर दुर्घटना : मृतक संख्या ८ पुग्यो, ९ जना घाइते

विहीबार, ०१ चैत्र २०८०
धरान । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा ९ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । धरानबाट भोजपुरका लागि छुटेको बोलेरो दुर्घटना भएको हो । को १ ज २५९३ नम्बरको बोलेरो बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । बोलेरो  मैनामैनीमा सडकबाट तल खसेको थियो । त्यसक्रममा ७ जनाको घटनास्थलमै तथा एकजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुमध्ये चालक हतुवागढी गाउँपालिका–२ का ४० वर्षीय मानबहादुर बस्नेत र हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान राईको मात्र सनाखत भएको छ । दुर्घटनामा परी ६ जना पुरुष र ३ जना महिला गरी ९ जना घाइते भएको उल्लेख गर्दै उनीहरुको प्रतिष्ठानमा उपष्चार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार