इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हरेक निर्यण गर्दा एकलौटी गर्ने गरेको भन्दै उप मेयर संगीता कुमारी चौधरीले आरोप लगाएकी छन्। शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उप मेयर चौधरीले आफ्नो मागको बिषयमा आन्दोलनरत सिटीसफारी चालकहरुमाथि दुव्यवहार गरिनु समेत निन्दनीय रहेको बताईन।
जुनसुकै पेशा र व्यवसायमा संग्लन नगरबासीहरुको अभिभावक सस्था उपमहानगरले नै यसरी दुव्यवहार गरिनु जायज नभएको बताईन्। नगरप्रहरीले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर खाली कागजमा जरिवाना असुल गर्न कुन अधिकारीले दियो भन्दै प्रश्न गरिन् रु यो गैरकानुनी छ। तत्काल खोजी गरी दोषी उपर कारबाही गरियोस्।
नगरप्रमुख पौडल र प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताको मिलेमहतोमा सबै निर्यण हुने गरेको जनाउदै उप मेयरको सचिवालयबाट प्रमुख प्रशासकीय अधिकृत मेहता स्पटीकरण सोध्ने तयारी गरिएको समेत बताईन्। बिद्यालयको पोशाक खरिद गर्ने स्थान वा पसल तोक्न पाउने छैन भनि अदालतमा पेश भएको हुँदा यस प्रति कार्यपालिकाको गम्बीर ध्यानाकर्षण भएको जनाएको छ।
त्यसैगरी इटहरी खानेपानी उपभोक्ता सस्थाको विभिन्न समयमा रोकिएको निर्वाचन लागिरहेको अवस्थामा निर्वाचन रोक्न सुनसरी जिल्ला अदालतमा परेको रिट उपर इटहरी उपमहानगरपालिकाका कानुनी सल्लाहकारले नै वहस पैरवी गर्नुले उपमहानगरपालिका नै निर्वाचन रोक्न लागिपरेको आभाष भएको जनाउदै नगरका कानुनी सल्लाहकारको पनि विकल्प खोज्ने जनाएको छ।
कानुनी सल्लाहकारले निर्वाचन रोक्न वहस पैरवी गर्नुले कतै नगरपालिकाले आफै बोक्सी आफै धामीको भूमिका त् निर्वाह गरिराखेको छैन भन्दै प्रश्न गरिन् रु २३ हजार उपभोक्ताको साझा सस्थाको निर्वाचनमा उपमहानगरपालिकाकै यस्तो कार्य निन्दनीय रहेको बताईन।
अतस् निर्वाचन समितिले खानेपानी निर्वाचन कार्यक्रमलाई अगाडी बढाई छिटोभन्दा छिटो निर्वाचन गर्न पनि स्थानीय सभादलले माग गरेको छ। मेयरले हरेक विधयेक पास गर्ने बेलामा पनि आफुसँग सल्लाह नगरीकन एकलौटी गर्ने गरेकाले अब जतिसक्दो चांडो कर्यलायालिकाको बैठक डाकेर यी सबै बिषयमाहरुमा छलफल गर्ने र मेयरले पेलेरै जान खोजे चुप लगेर नबस्ने चेतावनी दिईन्।
कार्यालयपालिका आफूहरुको बहुमत हुँदाहुँदै पनि मेयरले पेलेरै जाने नीति लिएकाले अब भण्डाफोर गर्ने स्थानीय सभादलले जनाएको छ। यस्तै बिहिबार दिउसो उपमहानगरपालिकाको गेटमा पत्रकार कृष्ण बहाव भट्टराई माथि भएको दुव्यवहार प्रति दुख ब्यक्त गर्दै दोषी उपर कारबाही गर्न पनि माग गरेको छ।
तर,यो बिषयमा मेयर पौडेलले दोषीलाई कारवाही गर्न प्रतिबद्ध जनाउदै कानुन शाखाका प्रमुख कमल पोखरेलको संयोजकतत्वमा ३ सदस्यीय छानबीन समिति बनाएको जनाईसकेको छ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया