ताप्लेजुङ / ताप्लेजुङको मैवाखोला गाउँपालिकाको फाकुम्बामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । मैवाखोला गाउँपालिका वडा ५ र ६ फाकुम्बाको शान्ति सुरक्षालाई दृष्टिगत गरी प्रहरी चौकी स्थापना गरिएको हो ।
गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङका अनुसार पालिकाको आर्थिक लगानीमा वडा ५ फाकुम्बामा निर्माण भएको एक सामुदायिक भवनमा प्रहरी चौकी स्थापना गरिएको हो ।
शुक्रवार स्थापना गरिएको अस्थायी प्रहरी चौकीको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले उद्घाटन गरे ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बू, गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनसहितको उपस्थितिमा चौकी स्थापना गरिएको हो ।
उक्त प्रहरी चौकीको वरिष्ठ प्रहरी हवल्दारको नेतृत्व रहेको बताइएको छ ।
प्रतिक्रिया