आगाेले रंगेलीमा बस्ती नै सखाप

शनिबार, ०३ चैत्र २०८०
विराटनगर:-माेरङकाे रंगेलीमा शनिबार दिउँसो आगलागी हुँदा एउटा बस्ती नै सखाप भएकाे छ । आगलागीमा परेर १९ वटा घर जलेका छन् । प्रहरीका अनुसार रंगेली नगरपालिका-३ बाबू सहायक टाेलका जंगली मुर्मुकाे गाई ग्वालीबाट दिउँसो २:२० बजेतिर आगलागी सुरु भएकाे हाे । माेरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगाे बस्तीमा फैलिएपछि नियन्त्रणमा लिन समस्या भइरहेकाे छ । नियन्त्रणमा लिने प्रयास भइरहेकाे उनले बताए । बिजुली सर्ट भएर आगलागी भएकाे प्रहरीकाे अनुमान छ । प्रहरीका अनुसार अहिलेसम्म आगाेले जलेर १९ घर ध्वस्त भइसकेका छन्। घरहरु बाँसको टाटीले बारेका र सेन्टीबेरा लगाएर बनाइएका थिए । घटनामा कति बराबरकाे क्षति भयाे भन्ने यकिन छैन । प्रहरीले क्षतिकाे विवरण संकलन गर्न बाँकी छ । प्रहरी, स्थानीय र विभिन्न ठाउँबाट आएका दमकलले आगाे नियन्त्रणकाे प्रयास गरिरहेका छन् । आगाेले सिंगाे बस्ती ध्वस्त बनाएपछि स्थानीय बिचल्लीमा परेका छन् । घटनाकाे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार