भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं। ७ पात्ले पानीमा आगालागि हुँदा एउटै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको छ ।
आगालागिबाट ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । धनबहादुर कार्कीको खोल्मामा आगलागी हुँदा उनका २ नाति १ नातिनीको दुखद निधन भएको हो ।
मृत्यु हुनेमा एका घरका दाजुभाइका छोराछोरी केदार कार्कीको छोरा वर्ष ५ को प्रनिष कार्की, रमेश कार्कीको छोरी वर्ष ७ की दिप्सिका कार्की र निजको भाइ वर्ष ३ को दिउनिस कार्की खेल्ने क्रममा आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदिप राज पाठकले बताए ।
करिब ६.४५ तिर आगो लागेको खबर प्राप्त हुन साथ तत्काल इप्रका घोडेटार बाट प्रहरी निरिक्षको कमान्ड टोलीले गाई गोठबाट अचानक आगो लागेको खुलेको छ ।
प्रतिक्रिया